back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत ३० शनिवार

1.1K 

shares

रमा खतिवडा,पोखरा

जाली भ्रष्ट नेता जिताएर के भो?
भाषण मात्र चर्का सुनाएर के भो?

भित्री गन्दगीको भकारी छ मान्छे
हरदिन गण्डकीमा नुहाएर के भो?

चोखो प्यार मेरो तिमीलाई नै हो
तिम्रो साथ मैले नपाएर के भो?

पीडा जिन्दगीका घटेनन् कहिल्यै
पलपल आँसु मैले बगाएर के भो ?

पर्दा दुःख टाढा भयौ साथ छोडी
धेरै धन तिमीले कमाएर के भो ?

बहर : घनु
अर्कान : मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजन : २२२१ – २२ – १२२ –१२२
काफिया– आएर
रदिफ : के भो

वि.सं.२०८१ चैत ३० शनिवार ०९:१३ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...