
रमा खतिवडा,पोखरा
जाली भ्रष्ट नेता जिताएर के भो?
भाषण मात्र चर्का सुनाएर के भो?
भित्री गन्दगीको भकारी छ मान्छे
हरदिन गण्डकीमा नुहाएर के भो?
चोखो प्यार मेरो तिमीलाई नै हो
तिम्रो साथ मैले नपाएर के भो?
पीडा जिन्दगीका घटेनन् कहिल्यै
पलपल आँसु मैले बगाएर के भो ?
पर्दा दुःख टाढा भयौ साथ छोडी
धेरै धन तिमीले कमाएर के भो ?
बहर : घनु
अर्कान : मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजन : २२२१ – २२ – १२२ –१२२
काफिया– आएर
रदिफ : के भो
वि.सं.२०८१ चैत ३० शनिवार ०९:१३ मा प्रकाशित