
सुनिता बराल, काठमाडौं
सधैँ एक मान्छे नजरमा थियो
निकै दिव्य हाँसो अधरमा थियो
सधैँ बास मेरो सहरमा थियो
त्यसैले त जीवन कहरमा थियो
परेको थिएँ भर जजसको निकै
यता जिन्दगानी असरमा थियो
सहर लान्छु भन्थ्यो मलाई पनि
मेरो तन र मन गाउँघरमा थियो
भयो रोजगारी खसमको नयाँ
खुसीले यो मन नै सगरमा थियो
बहर : मुतकारिब मुसम्मन महजुफ
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् मफा
वजन : १२२ – १२२ – १२२ – १२
काफिया : अर
तहलिली रदिफ : मा
रदिफ : थियो
वि.सं.२०८१ चैत ३० शनिवार ०९:१६ मा प्रकाशित