back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ चैत ३० शनिवार

1.3K 

shares

रुना कर्माचार्य दाहाल,चितवन

१.
पोल्छ छाती पलपल
हरायो भोक निद्रा
के हुँदैछ आजकल ।

२.
प्रेमको जन्जिर तोडेर
छाडेर गयौ तिमी
अन्तै मुटु जोडेर ।

३.
प्रेम भयो अभिशाप
दिलमा आगो जलाई
बस्छौ किन चुपचाप ?

४.
नबन्नू तिमी लाचार
प्रयास नगरी जीवनमा
नमान्नू कहिल्यै हार ।

५.
भाग्यलाई दोष न पार
पौरखी हात उठाऊ
आफ्नो भविष्य सपार ।

६.
रङ्गमञ्च रहेछ जिन्दगानी
हाँस्ने अनि रुने
गर्दागर्दै सकिने कहानी ।

७.
सहेर दुःख र व्यथा
लेख्नू जगमा सबले
एउटा प्रेरणादायी कथा ।

८.
आँखामा आँसु रोकेर
धर्ती छाडेर जानू
प्रीतिको कोसेली बोकेर ।

९.
जीवन एक उपहार
सङ्गालेर आनन्दित अनुभूति
सजाउनू आफ्नो परिवार ।

१०.
बनाऔँ असल चरित्र
सम्झोस् सारा दुनियाँले
इमानदार अनि पवित्र ।

 

वि.सं.२०८१ चैत ३० शनिवार ०९:३१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...