
लोगबहादुर टमट्टा
जानकी गाउँपालिका –३, कैलाली
गलत बाटो अपनाउँदा
बाँच्न तिमी पनि सक्दैनौ ।
म पनि सक्दिन
हामी दुईटै मान्छे हौँ।
भगवान तिमी पनि होइनौ।
म पनि हैन
म तिमीलाई
तिमी मलाई
आरोप प्रत्यारोप
त पक्कै लगाउँछौँ
तर आफ्नो अहंकार
घमण्डलाई
आफै भित्र नियालेर
म पनि हेर्दिन
तिमी पनि हेर्दैनौँ ।
गलत विचारले दूरी त
अवस्य सिर्जना गरेको छ
तर
गलत तिमी पनि छैनौँ
म पनि छैन
यी सबै
अहङ्कार घमण्ड
संस्कारमा भर पर्छ
तर
कोही गर्छन् व्यक्तिगत घमण्ड
कोही गर्छन् सामाजिक हितको घमण्ड
त्यसमा भर पर्दछ
सायद घमण्डको
घमण्डको स्तर
जो न तिमिले नाप्यौ कहिले
न मैले कहिल्यै आकंलन गरेँ
त्यसैले प्रिय दुस्मन
मौसम बदलेको सुहाउँछ
मान्छे बदलेको सुहाउँदैन
एक दिन मृत्यु त
सबैको आउँछ।
तर बाँच्न र बचाउँन
जोगाउन र जोगिनको रफ्तार खोज्नुपर्छ
यहाँ काले काले मिलेर
भाले खाउ भन्दा पनि
सबै मिलेर भाले खाउँ हुनुपर्छ
सबैको एक सम्मान अधिकार
र मानव धर्म हुनुपर्छ ।
सत्य को जित हुन्छ त हामी भन्छौं।
तर बेइमानीको नकाबभित्र
हामी, सत्य को जित हुन्छ किन भन्छौं ?
भौतिक शरीरको आयु हुन्छ
मानव विचारको आयु कहिल्यै हुँदैन
विचार जीवित रहन्छ
तर स्वार्थ मित्र मानव जीवित रहँदैन ।
प्राकृतिक झुट बोल्दैन
त्यसैले त आफ्नो ठाउँमा यथावत स्थिर रहन्छ ।
मानव झुट घमण्ड गर्छ
त्यसैले त स्थिर रहँदैन ।
त्यसैले प्रेमको जित हुन्छ
र, घमण्ड सधैँ हार्छ
जित त केवल प्रेमको हुन्छ
केवल प्रेमको ।
वि.सं.२०८१ चैत ३० शनिवार ०९:३६ मा प्रकाशित