back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ वैशाख ६ शनिवार

891 

shares

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी

१.
मनुष्य योनि ढल्दछ
आशा सबैको सधैँ
श्वास रहेमा चल्दछ ।

२.
कदममा सतर्कता चाहिन्छ
जीवन सङ्घर्षमा हाम्रो
सफलता चिन्तनमा पाइन्छ ।

३.
बाधा अवश्य टल्दछ
प्रभुको स्मरण गरौँ
सुखको दियो बल्दछ ।

४.
मन नराखौँ उदास
चित्त प्रसन्न राम्रो
चिन्ताले जीवन विनाश ।

५.
संसार प्रभुको लीला
भक्ति गरौँला अहिले
भन्दा भएछ ढिला ।

६.
बनौँ प्रभुको दास
आस्थावान् भए प्रभुमा
जीवन हुन्छ खास ।

७.
लोभले ल्याउछ विकार
हुन्छ मानसिक चिन्ता
अन्ततः रोगको सिकार ।

८.
नमिठो कुकर्मको फल
बनौँ पवित्र हामी
जस्तै गङ्गाको जल ।

९.
कार्यमा पु¥याउनु विचार
सत्यको प्रभाव ढिला
निमुखा बलियाका सिकार ।

१०.
सुकर्ममा हुँदैन लाज
प्रभु दाहिना भए
बन्छन् सम्पूर्ण काज ।

वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:२४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...