आर्त अकुलीन
देवाश्रम, कैलाली
१
बिहानी घाम
जानुपर्छ आखिरी
राखेर नाम ।
२
घाम र छाया
तिमीलाई कोसेली
मुटुको माया ।
३
तातो जवानी
सम्हाल्न नै नसके
हुन्छ खरानी ।
४
माया पिरती
मुटुमाझ राखेको
ठुलो सम्पत्ति ।
५
देख्दामा काली
फूलको बगैँचामा
दिलैको माली ।
६
तारा झरेर
भुल्नै नसकिने भो
माया बसेर ।
७
बुझे है साथी
भुलेर सारा कर्म
नहुनु माथि ।
८
खोला तारेर
छोडी गइन् निष्ठुरी
माया मारेर ।
९
जुनेली रात
यादगार भएथ्यो
मायाको साथ ।
१०
न तिमी बोल्यौ
मुटु माझ बसेर
न कुरा खोल्यौ ।
वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:२७ मा प्रकाशित






























