सुरेशकुमार पाण्डे, दाङ घोराही -१८
‘हेलो ! को बोल्नु भयो ?’– सङ्गिताले सोधी ।
‘म हुँ म मलाई चिनेनौँ क्या हो ?’–कैलाशले फोनमा आफ्नो परिचय दिन खोज्यो ।
‘को म ?’ नाम परिचय केही छैन ?’–उताबाट चर्को स्वरमा भनिन् ।
‘कैलाश के कैलाश बोलेको छु । बुहारीले पनि कस्तो भुलेको हो ?’–कैलाशले भने ।
दामोदरले विदेश जाने नाम निकाल्न नसकेपछि बुहारीलाई विदेशी भाषा पढाएर उसले नाम निकालेकी थिई ।
उन्को चाहाना थियो बुहारी विदेश गएपछि दुइ चार महिनाभित्रै छोरालाई पनि बोलाउँछे । त्यो सोँचेर बुहारीलाई बैंकको लोन लिएर अष्ट्रेलिया पठाएका थिए ।
‘ए ए. हजुर कैलाश हुनुहुन्छ । तर हजुरले मलाई चिन्नु भएन की, मत हजुरकी बुहारी होइन । मेरो बिवाह नै भएको छैन ।’–उसले त्यती भनेर फोन बन्द गरी ।
‘नम्वर त उही हो, कसरी गलत ठाउँमा पुग्यो, आवाज पनि उस्तै थियो । ए दामोदर यहाँ आउ त छोरा ।’–कैलाश आश्चर्य हुँदै छोरालाई बोलाए ।
‘यो नम्वर सङ्गीताको हो हेर त ?’– कैलाशले मोबाइल छोराको हातमा थमाउँदै भने ।
‘नम्वर त यही हो बाबा !’–छोरा दामोदरले भन्यो ।
‘फेरि मिला त !’–छोरालाई फोन मिलाउँन आदेश दिए ।
दुइ चोटी फोन उठेन तेश्रो पटक बल्ल उठ्यो । ‘हेलो को बोल्नुभयो भन्या ?’–उताबाट चर्को स्वरमा प्रश्न गरी । सङ्गिता होइनौँ र तिमी ?’–दामोदरले सोध्यो ।
‘हजुर म सङ्गिता नै बोलेकी छु ।’–उताबाट उत्तर आयो ।
‘म तिम्रो श्रीमान दामोदर चिन्दैनौँ मलाई ?’–दामोदरले आफ्नो परिचय दियो ।
‘मेरो बिवाह नै भएको छैन । मेरो कोही श्रीमान छैन, अर्को पटक फोन गर्यौ भने प्रहरीमा कम्प्लेन गर्छु ।’–उसले यति भनि र फोन काटी ।
‘यता भने बाबा छोराले एक अर्काको मुख हेराहेर भए ।
वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:२९ मा प्रकाशित






























