back
CTIZAN AD

लघुकथा : लोभी

वि.सं.२०८२ वैशाख ६ शनिवार

2K 

shares

सुरेशकुमार पाण्डे, दाङ घोराही -१८

‘हेलो ! को बोल्नु भयो ?’– सङ्गिताले सोधी ।

‘म हुँ म मलाई चिनेनौँ क्या हो ?’–कैलाशले फोनमा आफ्नो परिचय दिन खोज्यो ।

‘को म ?’ नाम परिचय केही छैन ?’–उताबाट चर्को स्वरमा भनिन् ।

‘कैलाश के कैलाश बोलेको छु । बुहारीले पनि कस्तो भुलेको हो ?’–कैलाशले भने ।

दामोदरले विदेश जाने नाम निकाल्न नसकेपछि बुहारीलाई विदेशी भाषा पढाएर उसले नाम निकालेकी थिई ।

उन्को चाहाना थियो बुहारी विदेश गएपछि दुइ चार महिनाभित्रै छोरालाई पनि बोलाउँछे । त्यो सोँचेर बुहारीलाई बैंकको लोन लिएर अष्ट्रेलिया पठाएका थिए ।

‘ए ए. हजुर कैलाश हुनुहुन्छ । तर हजुरले मलाई चिन्नु भएन की, मत हजुरकी बुहारी होइन । मेरो बिवाह नै भएको छैन ।’–उसले त्यती भनेर फोन बन्द गरी ।

‘नम्वर त उही हो, कसरी गलत ठाउँमा पुग्यो, आवाज पनि उस्तै थियो । ए दामोदर यहाँ आउ त छोरा ।’–कैलाश आश्चर्य हुँदै छोरालाई बोलाए ।

‘यो नम्वर सङ्गीताको हो हेर त ?’– कैलाशले मोबाइल छोराको हातमा थमाउँदै भने ।

‘नम्वर त यही हो बाबा !’–छोरा दामोदरले भन्यो ।

‘फेरि मिला त !’–छोरालाई फोन मिलाउँन आदेश दिए ।

दुइ चोटी फोन उठेन तेश्रो पटक बल्ल उठ्यो । ‘हेलो को बोल्नुभयो भन्या ?’–उताबाट चर्को स्वरमा प्रश्न गरी । सङ्गिता होइनौँ र तिमी ?’–दामोदरले सोध्यो ।

‘हजुर म सङ्गिता नै बोलेकी छु ।’–उताबाट उत्तर आयो ।

‘म तिम्रो श्रीमान दामोदर चिन्दैनौँ मलाई ?’–दामोदरले आफ्नो परिचय दियो ।

‘मेरो बिवाह नै भएको छैन । मेरो कोही श्रीमान छैन, अर्को पटक फोन गर्यौ भने प्रहरीमा कम्प्लेन गर्छु ।’–उसले यति भनि र फोन काटी ।

‘यता भने बाबा छोराले एक अर्काको मुख हेराहेर भए ।

 

 

वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:२९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...