back
CTIZAN AD

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वि.सं.२०८२ वैशाख १३ शनिवार

858 

shares
वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग करका विषयमा कुराकानी भएको बताइरहेका छन् ।
ट्रम्पले चिनियाँ सामानमा लगाएको नयाँ करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो तनाबबीच यो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले चीनबाट आयात हुने अधिकांश उत्पादनमा १४५ प्रतिशतसम्म कर लगाएको छ ।
चीनले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता गरिरहेको कुरा अस्वीकार गर्दै आएको छ तर ट्रम्पले आगामी केही हप्तामा दुई देशबीच सम्झौता हुने अपेक्षा गरेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका थिए, “उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौ।”
ट्रम्पले अनुचित व्यापार अभ्यासको प्रतिशोधका साथै अमेरिकी उत्पादन क्षमतालाई पुनस्र्थापित गर्ने प्रयासको रूपमा रहेको कर आक्रमणले विश्व बजारलाई त्रसित बनाएको छ र विश्वव्यापी मन्दीको डर बढाएको छ ।(रासस/एएफपी)

वि.सं.२०८२ वैशाख १३ शनिवार ०७:१६ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...