back
CTIZAN AD

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

वि.सं.२०८२ वैशाख १३ शनिवार

849 

shares
मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम गरेको छ ।
युक्रेन द्वन्द्वमा ठूलो सरकारी खर्च र कामदारको गम्भीर अभावका कारण महिनौँदेखि रुसी अर्थतन्त्रमा मूल्य तीव्र गतिमा बढिरहेको छ । यसबीचमा देशको केही शीर्ष कर्पोरेट नेतृत्वले केन्द्रीय बैङ्कलाई ब्याजदर खुकुलो बनाउन दबाब दिइरहेको छ ।
रुसको केन्द्रीय बैङ्कले एक विज्ञप्ति जारी गर्दै ऋण प्रवाहको गतिविधि ‘कमजोर’ रहेको स्वीकार गरेको छ तर मुद्रास्फीति १० प्रतिशतभन्दा माथि रहेको र यो अझै पनि उच्च रहेको जनाएको छ ।
रूसको मुद्रास्फीतिको लक्ष्य दर चार प्रतिशत छ, तर मूल्य वृद्धि २०२६ सम्म त्यो स्तरमा पुग्ने आशा गरिएको छैन र सन् २०२५ मा औसत सातदेखि आठ प्रतिशतको बीचमा हुनसक्छ ।
“बैंक अफ रसियाले सन् २०२६ मा मुद्रास्फीतिलाई लक्ष्यमा फर्काउन आवश्यक पर्ने मौद्रिक अवस्थालाई यथाशक्य कडा बनाउने छ,” बैङ्कले प्रतिवद्धता जानाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बैङ्कका गभर्नर एल्भिरा नाबिउलिना र मन्त्रिपरिषद्का अधिकारीहरूसँगको भिडियो कलमा मुद्रास्फिति धेरै उच्च रहेको र सन् २०२५ मा रुसको आर्थिक वृद्धि दर ‘केही कम’ हुने बताएका छन्  ।
उनले यो ‘सफ्ट ल्यान्डिङ’ को हिस्सा भएको र रुसले मुद्रास्फीति नियन्त्रणका लागि उल्लेखनीय ‘प्रयास गरिरहेको’ बताएका छन् । अर्थशास्त्रीहरूले महिनौँदेखि तेलको मूल्यमा आएको गिरावट, उच्च ब्याज दर र उत्पादनमा आएको मन्दीले समस्या निम्त्याएको  भन्दै रुसको आर्थिक गतिविधिमा मन्दी आउने चेतावनी दिँदै आएका छन् ।
रुसी ऋणदाता राइफिसेन बैङ्कले मार्चमा एक आर्थिक अनुसन्धान रिपोर्टमा विनिर्माण क्षेत्रको विश्वास ‘पछिल्लो केही महिनामा उल्लेखनीय रूपमा घटेको र तेल उद्योगमा उत्पादन पनि सुस्त भएको’ बताएको थियो ।
रुसले सन् २०२४ का लागि बलियो आर्थिक वृद्धि दर हासिल गरेको बताएको छ । राज्यको ठूलो रक्षा खर्च सन् २०२५ मा फेरि लगभग ३० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
अर्थशास्त्रीहरूले रक्षा उद्योगद्वारा योगदान गरेको वृद्धि दिगो नहुने र यसले उत्पादकत्वमा वास्तविक वृद्धिलाई प्रतिबिम्बित नगर्ने चेतावनी दिएका छन्।
विश्लेषकहरूका अनुसार ब्याज दर वृद्धि मुद्रास्फीति कम गर्न प्रभावकारी उपकरण पनि नहुन सक्ने बताएका छन् किनकि यति धेरै खर्च राज्यद्वारा निर्देशित गरिएको छ । यो उच्च उधारो लागतको लागि कम उत्तरदायी छ। (रासस/एएफपी)

वि.सं.२०८२ वैशाख १३ शनिवार ०७:३१ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...