back
CTIZAN AD

कविता : म नेता

वि.सं.२०८२ वैशाख २० शनिवार

1.7K 

shares

यम रेग्मी , दाङ

फोडेर मूर्ती पर धर्म पुज्छु
बाली बुझाएर सिला बटुल्छु ।
फाल्दिन्छु च्यात्दै कपडा सिएको
म भाँड्छु बस्ती थितिमा जिएको ।१।

मस्ती छ क्या! बन्धक राष्ट्र राखी
लाग्दैन कानून कुनै म माथि ।
सत्ता हुँ आफै डर छैन रत्ति
हुँ भोगवादी खुब गर्छु मस्ती ।२।

मागेर खाने जन बेस भाडो
हादिन्छु सोझा जन नेत्र छारो ।
जता छ तातो शिर त्यहि राख्छ
छु दव्य प्यासी जति मिल्छ जाक्छु ।३।

छ एक चिन्ता नछुटोस् नि कुर्सी
मै तुल्य ठूलो कसको छ फूर्ती ?
छन् चण्ड मुण्डे परसँग लड्ने
छन् बुद्धिजीवी जयगान गर्ने ।४।

नेता हुँ नेता किन छेउ हट्छु
यो देश बेच्दै खुब मोज गर्छु ।
नाङ्गो म नाच्दा छन सभ्य भन्ने
म भोलि मर्दा प्रतिमा छ बन्ने ।५।

छन्द ः उपजाति

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:०९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...