back
CTIZAN AD

कविता : शक्तिको उपासना

वि.सं.२०८२ जेठ ३ शनिवार

2.5K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा

सत्ताको अँध्यारो गल्लीमा
पासो थापेर बसेका
रासपुटीनहरु
सकुनी प्रवृत्तिलाई
कसिलो अंकमाल गरेर
सुशासनको गीत गाउँन तल्लीन छन्।

वर्तमान समयका
एकलव्य,बर्बरीक र उर्मिला, गार्गीहरु
धर्म र राजनीतिको
कुटिल चक्रव्युह छिचोलेर
आधुनिक मानव सभ्यताको
नौलो दर्शन घोक्न
नयाँ विश्वविद्यालयको खोजिमाछन्।

युगका हरिया पातहरु
पत्तेै नपाई पहेँलिदैछन्
शासक
भस्मासुरको कित्तामा उभिएर
शक्तिको उपासना गरिरहेको छ।

व्यास हराएको बेला
आफू बाँचेको
युगको
अधुरो महाभारतको
पूर्ण कथा लेख्ने
महान् कलम
कसैको हातमा देखिंदैन,किन ?

वि.सं.२०८२ जेठ ३ शनिवार ०७:३९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...