back
CTIZAN AD

जर्सीसिटीमा (जेसीएनसी) को स्थापना

वि.सं.२०७४ जेठ २१ आइतवार

1.1K 

shares

jcnc-usa-new-jerseyअमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटीमा बसोवास गर्ने नेपालीहरु भेला भै जर्सी सिटी नेपाली कम्यूनिटी (जेसीएनसी) संस्थाको स्थापना गरेका छन् । जर्सी सिटीमा रहेका नेपालीहरूको सेवा, सम्पर्क र पहिचानको लागि उक्त संस्था स्थापना गरिएको हो । अन्य संघसंस्था भन्दा फरक रुपमा संस्थाको संरचना बनाइएको छ । यसमा अध्यक्ष, प्रेसिडेण्ट, भिपी, सचिव, कोषाध्यक्ष जस्ता कुनै पदहरू राखिएको छैन ।

भेलाले ‘जेसीएनसी’ को बोर्ड अफ डाईरेक्टर सदस्यमा हरेक परिवारबाट एक जना मनोनित हुने, बोर्डमा सबै सदस्य ‘बोर्ड अफ डाईरेक्टर’ हुने निर्णय गरेको पत्रकार प्रदिप थापा परियारले जानकारी दिएका छन् ।  आगामी जुन ३० तारिख ४ बजे सिटी हलमा हुने जर्सी सिटी मेयर कार्यालय र सिटी काउन्सिलद्वारा नेपाली झण्डा फहराउने  ‘Nepali Flag Raising Day’ समारोहमा सहभागिता जनाउने निर्णय गरिएको छ ।
भेलामा जर्सी सिटी निवासी नेपालीहरू, छिमेकी नट्ले शहर र न्यू योर्क शहरका नेपालीहरूको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ जेठ २१ आइतवार ११:३४ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...