पार्वती घिमिरे पौडेल
पन्चकन्या -२ नुवाकोट
१
पानी जहाज
आयो भन्थे बडा बा
लड्छन् समाज।
२
बर्खा भेलमा
हिँड्छन् सबै भन्दथे
अब रेलमा ।
३
कुरा गनाए
कि त हाम्रा मन्त्रीले
उल्लु बनाए।
४
कुरा गहिरो
रोक्छु भन्थे काका बा
बाढी पहिरो ।
५
ठूला ठालुको
सधैं झुट बोल्दिने
बानी कालुको।
६
आलु अचार
बनाउने भुटानी
रैछ बिचार ।
७
भ्रष्टाचारले
देश आज डुबेको
यस्तै पाराले ।
८
विन्ती भावना
ब्रम्हा बिष्णु भगवान्
गर्छु कामना ।
९
लौन भगवान्
अब भ्रष्टहरुको
उखेल कान।
१०
बाच्छु शान्तिले
भन्छिन् आमा नेपाल
राम्रो कान्तिले ।
वि.सं.२०८२ जेठ १७ शनिवार ०७:२८ मा प्रकाशित






























