back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ १७ शनिवार

1K 

shares

तारा बिष्ट छन्दार्पण,दाङ, हाल- मलेसिया

भएन केही भनेर होला सवाल अर्को
चलेछ यो देश लुट्ने उसले कुचाल अर्को

कता हरायौ चिनो दिएको पियार बाँधी
नमाग प्यारी जतन बिनाको रुमाल अर्को

कुरै कुराले छ मख्ख पार्दै ठगेर जनता
बनेर ढोँगी छिर्यो सदनमा दलाल अर्को

टुकी जलाई नखोज नेपाल देश हाम्रो
युवा सबैले जुटेर बालौँ मसाल अर्को

सबै दलाली र भ्रष्टाचारी भएर होला
गरे फटाहा मिलेर भ्रष्ट बहाल अर्को

बहर :जमिल मुसद्दस सालिम
अर्कान स् मफाइलातुन् मफाइलातुन् मफाइलातुन्
वजन स: १२१२२ -१२१२२- १२१२२
काफिया स: आल
रदिफ : अर्को
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ जेठ १७ शनिवार ०७:४८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...