back
CTIZAN AD

कविता : हाम्रो यो गणतन्त्र

वि.सं.२०८२ जेठ १७ शनिवार

1K 

shares

घनश्याम पौडेल, सृजनाचोक पोखरा

हाम्रो तन्त्र रहेछ विश्वभरमा,प्रख्यातको माथमा
धेरै छन् अधिकारका वहस औ,स्वाधीनता साथमा ।
कैयौँ वर्ष त्यसै सहेर बसियो,गर्लान् कि राम्रा भनी
सोचेका जसरी अवश्य सपना,पुग्लान् नि हाम्रा भनी ।१।

के दिन्थे सुविधा झनै दलनमा,पारेर राखे अझ
गाह्रो चित्त बुझाउनै अझ बढी,सम्झेर हेर्दा सब ।
निद्रामै जनता उठेर जुलुसमा,नारा लगाए काँ
ओकल्थे मनका माव तिनले ,पीडा हुनाले त्यहाँ ।२।

उल्टै शासकका कुरा स्वजनले,गर्दै हिडेँमा पनि
तत्पश्चात लगाइयो हतकडी,बन्यो बिरोधी भनी ।
साह्रै दुस्ख दिएर जेल लगियो,मुद्दा अनेकौँ भरी
आफै भ्रष्ट भएर निस्किन पुगे,दाऊ हजारौँ थरि।३।

भैयो सामिल हातमा मुसल याराँको र लाठी पनि ।
लाखौंँ मानिस उत्रिए सडकमा,सत्ता बदल्ने भनी
के नै लाग्छ र देशका जनहरू,बाटा भरी निस्किए
छोड्दैनन् पनि माहुरी जगतले,छेवै गई जिस्किए ।४।

ढल्यो ड्याम्म गरेर राजकुलको,सत्ता पुरानो भनी
ल्यायौँ यो गणतन्त्र राष्ट्र हितमा, सम्पूर्ण यौटै बनी ।
राणा शासन फालिएछ उहिल्यै,हामी नजन्मीकन
ल्याएछन् बिचमा कुनै तबरले,सोध्दै नसोधीकन ।५।

राजाको हितमा रहेर बसियो, बोकेर आश्वासन
फालेथे पहिले निरङ्कुश भनी,पंचायती शासन ।
सक्दैनन् जनता पचाउन कसै, जङ्गी भए शासन
राख्दैमा सपना छलेर जनता,टिक्दैन त्यो आसन ।६।

बषौँसम्म लडेर त्यो सफलता,मिल्यो त्रिसठ्ठीतिर
थोत्रा भासणमात्रले पनि पुरा, हुन्थेन है आखिर ।
सारा तत्व मिलेर सम्भव भयो,त्यो क्रान्तिको विप्लव
रैती आपसमा मिले पछि भने,के हुन्छ खै वैभव।७।

चल्यो क्रान्ति असोज कार्तिक हँुदै,वैशाखको अन्तमा
राजाले दरबार अर्पण गरे ,यो जेठको मध्यमा ।
ल्यायौ शासन यो हरेक जनको,हितार्थ होला भनी
देख्छौँ हर्षित आजभोलि अति नै,नेपाल आमा पनि ।८।

छन्द – शार्दूलविक्रीडित
गण ( स म स ज स त त गु
गण सङ्केत – SSS  IIS  ISI   IIS  SSI  SSI   S

वि.सं.२०८२ जेठ १७ शनिवार ०७:५० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...