अनुराग अरुण
नदीको किनारा हुँ प्यासी नभन्नू
मलाई कसैले उदासी नभन्नू
मसङ्गै छ नेपालको नागरिकता
विदेशी बिहारी प्रवासी नभन्नू
असल कर्मले नै ठुलो हुन्छ मानिस
म बाहुन ऊ कामी र पासी नभन्नू
सधैँ जित्न कोसिस गरेको छु मैले
भयो हार भन्दै निरासी नभन्नू
बयासी भयो साल घरजम गरौँ न
प्रिया फेरि पर्खौँ सतासी नभन्नू
बहर( मुतकारिब मुसम्मन सालिम
अर्कान( फऊलुन्,फऊलुन्,फऊलुन्,फऊलुन्
वजन( १२२ -१२२ -१२२ -१२२
काफिया -आसी
रदिफ – नभन्नू
अभ्यास- परिश्रमी पाठशाला (बहर छन्दशाला)
वि.सं.२०८२ जेठ १७ शनिवार ०७:२० मा प्रकाशित






























