पद्मा रिजाल, नेपालगंज
सधैँ आफ्नो पहिचान रारा छ काफी
अझै बुझ्न चाहे सितारा छ काफी
नलाऊ भो गाजल परेलीको डिलमा
मलाई नजरकै इसारा छ काफी
न इच्छा छ सुनको न चाँदी हिराको
तिमीले दिएको सहारा छ काफी
सही शान्ति खोज्ने भए आऊ मित्र
प्रकृतिको निरूपम नजारा छ काफी
नयनका जलाग्नि नदेखून् कसैले
मलाई हियाको किनारा छ काफी
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान– फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन -१२२– १२२- १२२ -१२२
कफिया – आरा
रदिफ -छ काफी
वि.सं.२०८२ जेठ १७ शनिवार ०७:१८ मा प्रकाशित






























