back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ जेठ १७ शनिवार

1K 

shares

कार्की डिबी माकुम
सुनवल–४, नवलपरासी

१।
जीवन व्यर्थ होला
भुलिएमा प्रभुको नाम
तुच्छ मानव चोला ।

२।
गरौँ कल्याणकारी काम
नश्वर तन नरहने
रहन्छ सुकर्मको नाम ।

३।
चाहिन्छ प्रभुको धाम
मानिस जन्ममा जरुरी
नभुलौँ प्रभुको नाम ।

४।
अधम व्यक्तिको चाहना
धन भएको गोजी
गर्दैन प्रभुको सम्झना ।

५।
धन,मानको खोजी
मध्यम व्यक्तिको चाहना
चाहन्छ सबै रोजी ।

६।
मात्र मानको मनोकामना
चाहना उत्तम व्यक्तिको
गर्दछ प्रभुसँग प्रार्थना।

७।
जीवन रमाएर हाँसौँ
यहाँ सबथोक नश्वर
प्रेमको बन्धन गाँसौँ ।

८।
जन्मेपछि बढ्दछ आयु
स्वाहा हुनेछ अवश्य
हाम्रो यो प्राणवायु ।

९।
पक्कै भाग्यमानी हुन्छौँ
सद्चरित्र भएर हामी
श्रेष्ठजनलाई जब सुन्छौ ।

१०।
जीवन सर्वश्रेष्ठ बनाऔँ
नबुझेको किन सबैले
नित्य उत्सव मनाऔँ ।

 

वि.सं.२०८२ जेठ १७ शनिवार ०८:०० मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...