back

झिल्का कविता

वि.सं.२०८२ जेठ १७ शनिवार

573 

shares
IME Limited
NTC AD

कार्की डिबी माकुम
सुनवल–४, नवलपरासी

१।
जीवन व्यर्थ होला
भुलिएमा प्रभुको नाम
तुच्छ मानव चोला ।

२।
गरौँ कल्याणकारी काम
नश्वर तन नरहने
रहन्छ सुकर्मको नाम ।

३।
चाहिन्छ प्रभुको धाम
मानिस जन्ममा जरुरी
नभुलौँ प्रभुको नाम ।

४।
अधम व्यक्तिको चाहना
धन भएको गोजी
गर्दैन प्रभुको सम्झना ।

५।
धन,मानको खोजी
मध्यम व्यक्तिको चाहना
चाहन्छ सबै रोजी ।

६।
मात्र मानको मनोकामना
चाहना उत्तम व्यक्तिको
गर्दछ प्रभुसँग प्रार्थना।

७।
जीवन रमाएर हाँसौँ
यहाँ सबथोक नश्वर
प्रेमको बन्धन गाँसौँ ।

८।
जन्मेपछि बढ्दछ आयु
स्वाहा हुनेछ अवश्य
हाम्रो यो प्राणवायु ।

९।
पक्कै भाग्यमानी हुन्छौँ
सद्चरित्र भएर हामी
श्रेष्ठजनलाई जब सुन्छौ ।

१०।
जीवन सर्वश्रेष्ठ बनाऔँ
नबुझेको किन सबैले
नित्य उत्सव मनाऔँ ।

 

वि.सं.२०८२ जेठ १७ शनिवार ०८:०० मा प्रकाशित

पिस एम्बसीले मनायो भानु जयन्ती, १ लाखको वर्ष उत्कृष्ट पुरस्कार घोषणा

पिस एम्बसीले मनायो भानु जयन्ती, १ लाखको वर्ष उत्कृष्ट पुरस्कार घोषणा

काठमाडौँ । नक्शाल स्थित पिस एम्बसीले एक भव्य कार्यक्रमका साथ...

लघुकथा : दृष्टिकोण

लघुकथा : दृष्टिकोण

सुरेशकुमार पाण्डे, दाङ, घोराही ‘नमस्ते प्रदिप दाजी !’ ‘सकिल पनि...

झिल्का कविता

झिल्का कविता

केन्टरमेश क्षेत्रीय, रोल्पा १. अहमता कति बढेछ उनलाई मात्र समाउँदा...

कविता : भानु महिमा

कविता : भानु महिमा

अलख निरञ्जन लोहार टीकापुर, कैलाली,हाल : भारत लेख्यौ अन्तर भावना...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा हुँदा पेट भोकै...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ छ बढ्दै युध्दको खतरा उता...