back
CTIZAN AD

ट्रेड टावरको आईपीओका लागि आवेदन दिने समय थप

वि.सं.२०८२ जेठ १९ सोमवार

639 

shares

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय थपिएको छ । ट्रेडले आईपीओका लागि आवेदन दिने समय एक दिन थप गरेको हो । अब आईपीओका लागि भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीले जेठ १९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेकोमा जेठ १८ गते, नेपाल सरकारले भोटो जात्राको लागि उपत्यकाभित्र सार्वजनिक बिदा दिएकोले निष्काशन अवधि एक दिन थप गरेको जनाएको छ ।

कम्पनीले कुल जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गरेको हो । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४ कित्ता, र कर्मचारीहरूका लागि ७९ हजार ४३३ कित्ता सेयर छुट्याएर बाँडफाँट गरिसकेको छ । त्यसपश्चात बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको “मेरो सेयर” प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

वि.सं.२०८२ जेठ १९ सोमवार १२:४७ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...