back
CTIZAN AD

संयुक्त राष्ट्रसङ्घको गाजा युद्धविराम प्रस्तावमा ‘अमेरिकी भिटो’ को इरानले गर्यो आलोचना

वि.सं.२०८२ जेठ २३ शुक्रवार

711 

shares

 

तेहरान ।  संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गाजामा तत्काल युद्धविराम र पूर्ण मानवीय पहुँचको माग गरेको प्रस्तावमा भिटो लगाएको भन्दै इरानले बिहीबार अमेरिकाको निन्दा गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक विज्ञप्ति जारी गर्दै परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले समर्थन गरेको उक्त प्रस्तावलाई रोक्ने अमेरिकी कदमले ‘इजरायल’ को अपराधमा अमेरिकी संलग्नतालाई दर्शाएको र यसको कडा निन्दा गरेको’ बताएका छन् ।

प्रस्तावको मस्यौदामा गाजामा तत्काल, बिनाशर्त र स्थायी युद्धविरामको माग गरिएको थियो र युद्धग्रस्त गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई बिनाशर्त रिहा गर्न माग गरिएको थियो । प्रस्तावले उक्त क्षेत्रमा प्रवेश गर्ने मानवीय सहायतामाथिको सबै प्रतिबन्ध फुकुवा गर्न पनि आह्वान गरेको छ ।

बाकाईले भने, “भिटो ‘अमेरिकी सरकारले अन्तर्राष्ट्रिय समुदायको इच्छाको लागि स्पष्ट अपमान मात्र नभई यो र प्यालेस्टिनीहरूको इजरायलको हत्यामा वासिङ्टनको संलग्नताको प्रमाण र अमेरिकी निर्णयकर्ताहरूको नैतिक विवेक प्रयोगको अभावको सङ्केत पनि हो ।”

संयुक्त राष्ट्रसङ्घका लागि वासिङ्टनका राजदूत डोरोथी सियाले बुधबार प्रस्ताव पारित गर्दा ‘इरानको समर्थन प्राप्त हमासलाई हौसला प्रदान गर्ने र युद्धविराममा पुग्ने कूटनीतिक प्रयासलाई कमजोर पार्ने वास्तविकता प्रतिबिम्बित हुने’ बताएका थिए ।

इजरायललाई मान्यता नदिने तेहरानले सन् १९७९ को इस्लामी क्रान्तिदेखि नै प्यालेस्टाइनलाई आफ्नो विदेश नीतिको केन्द्रीय सिद्धान्तका रूपमा प्रस्तुत गर्दै आएको छ ।

इरानी कूटनीतिज्ञले अन्तर्राष्ट्रिय समुदायलाई ‘गाजामा हत्या रोक्न यहूदी शासन र यसका समर्थकहरूलाई बाध्य पार्न आफ्नो सबै व्यक्तिगत र सामूहिक क्षमता प्रयोग गर्न’ पनि आह्वान गरे । (रासस/एएफपी)

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:३१ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...