
किशोर कोइराला,इनरुवा, सुनसरी
लाग्छ उनकै निमित्त मासिन्छु
जेसुकै होस् म फेरि दिल दिन्छु
के छ कुन्नी स्वरूपमा तिम्रो
सम्झना सँगसँगै म पौडिन्छु
लाग्छ चारैदिसा अँध्यारोझैँ
दिल जलाएर फेरि पग्लिन्छु
दिलसँगै ढुकढुकी लिलामी भो
आज संसारकै खुसी किन्छु
जूनतारा सबै फिका लाग्छन्
अग्नि मुखमा लिएर होमिन्छु
बहर : असम मक्बुज अवतर
अर्कान : फाइलातुन् मफाइलुन् फैलुन्
वजन : २१२२ – १२१२ – २२
काफिया : दिन्छु
रदिफ – ०
वि.सं.२०८२ जेठ २४ शनिवार ०९:१५ मा प्रकाशित