back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ २४ शनिवार

1.1K 

shares

किशोर कोइराला,इनरुवा, सुनसरी

लाग्छ उनकै निमित्त मासिन्छु
जेसुकै होस् म फेरि दिल दिन्छु

के छ कुन्नी स्वरूपमा तिम्रो
सम्झना सँगसँगै म पौडिन्छु

लाग्छ चारैदिसा अँध्यारोझैँ
दिल जलाएर फेरि पग्लिन्छु

दिलसँगै ढुकढुकी लिलामी भो
आज संसारकै खुसी किन्छु

जूनतारा सबै फिका लाग्छन्
अग्नि मुखमा लिएर होमिन्छु

बहर : असम मक्बुज अवतर
अर्कान : फाइलातुन् मफाइलुन् फैलुन्
वजन : २१२२ – १२१२ – २२
काफिया : दिन्छु
रदिफ – ०

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:१५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...