
राजेन्द्र ढुङ्गेल, झापा
समयलाई व्यर्थै गुमाएर हुन्न
गरौँ काम केही लजाएर हुन्न
जहाँ पुग्छ खुट्टा त्यहीँ बन्छ बाटो
सधैँ मन निरासी गराएर हुन्न
म सम्झिन्छु अल्छीहरूको कहानी
परिश्रम बिना फल खन्याएर हुन्न
तिमीभित्र छैनन् भने आँट जाँगर
स्वयम् लक्ष्य उच्चो बनाएर हुन्न
भयौ दूर प्यारी बनाएर एक्लो
नजिक फर्क नाता चुँडाएर हुन्न
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आएर
रदिफ : हुन्न
वि.सं.२०८२ जेठ २४ शनिवार ०९:१९ मा प्रकाशित