back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ २४ शनिवार

2K 

shares

राजेन्द्र ढुङ्गेल, झापा

समयलाई व्यर्थै गुमाएर हुन्न
गरौँ काम केही लजाएर हुन्न

जहाँ पुग्छ खुट्टा त्यहीँ बन्छ बाटो
सधैँ मन निरासी गराएर हुन्न

म सम्झिन्छु अल्छीहरूको कहानी
परिश्रम बिना फल खन्याएर हुन्न

तिमीभित्र छैनन् भने आँट जाँगर
स्वयम् लक्ष्य उच्चो बनाएर हुन्न

भयौ दूर प्यारी बनाएर एक्लो
नजिक फर्क नाता चुँडाएर हुन्न

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आएर
रदिफ : हुन्न

 

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:१९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...