back
CTIZAN AD

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम आठ अर्ब बढी

वि.सं.२०८२ जेठ २६ सोमवार

627 

shares

काठमाडौँ । आज साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार बजार २७.२९ अंकले उकालो लागेसँगै २६५७.१९ विन्दुमा पुगेको हो ।

आज विभिन्न इन्डेक्सका ३२४ वटा कम्पनीको एक करोड ७५ लाख कित्ता शेयर खरिद–बिक्री हुदाँ आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जस्मा १९१ वटा कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ भने ५६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ ।

यस दिन मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोटी पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनी र माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड २६ लाख ७१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको करिब साढे ५४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम ५१ करोड नाघेको छ।

वि.सं.२०८२ जेठ २६ सोमवार १५:२८ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...