back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा बेनीको जामुना खर्कमा यात्रु प्रतिक्षालय निर्माण एवं गण्डकी प्रदेशमा बृक्षारोपण

वि.सं.२०८२ जेठ २७ मंगलवार

669 

shares

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुना खर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।

बैंकद्वारा करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्ण सिङ बानियाँलाई हस्तान्तरण गरेको बैंकले जनाएको हो ।

बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्म साथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोट विरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २७ गते मंगलबारको दिन गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखा खर्का, पोखरामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रमपोखरा कास्कीवडा नम्बर १५ मा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हालसालै मात्रविश्वकै प्रतिष्ठित अवार्ड  बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफलभएको बैंकले केही समय अघि मात्रफोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमाल्याएको छ  ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्तगर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

वि.सं.२०८२ जेठ २७ मंगलवार १६:०० मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...