back
CTIZAN AD

कविता : रक्तदान नै प्राणदान

वि.सं.२०८२ असार २१ शनिवार

1.6K 

shares

कविराज घिमिरे,चाँगुनारायण, भक्तपुर

रक्तअल्पता मुख्य शत्रु हो
दिन्छ दान जो पूज्य मित्रु हो
प्राण नासिने रक्त घात यो
रक्तदान नै प्राणादान हो ।। १

रोग अन्य छन् औषधी हुँदा
पार्छ है निको ठिक्क खाइँदा
रक्तको कमी टार्न ता अहो !
रक्तदान नै प्राणदान हो ।। २

रक्त निख्रिए लड्छ मानिस
दिन्छ रक्त जो हुन्छ मानित
सर्व धर्ममा दानको कुलो
रक्तदान नै प्राणदान हो ।। ३

वृद्धमा हुने रक्तको कमी
टार्न मुस्किलै पर्छ झन् अनि
बाँच्न जिन्दगी रक्त हो खलो
रक्तदान नै प्राणदान हो ।। ४

रक्तको नदी होस् शरीरमा
जो प्रयोग होस् चाहियो जहाँ
धर्म के अरू भिन्न चाहियो
रक्तदान नै प्राण दान हो ।। ५

छन्द : द्रुता
गण : र – य – ज – गु
सङ्केत :SIS – ISS – ISI – S

 

वि.सं.२०८२ असार २१ शनिवार ०८:०७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...