back
CTIZAN AD

कविता : आदिकवि सम्झना

वि.सं.२०८२ असार २१ शनिवार

2K 

shares

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

भानुभक्त कविका कवितामा ।
रामभक्ति रस भर्छ गलामा ।।
वाक् कला मधुरता लय घोली ।
सारपूर्ण नव बग्दछ खोली ।।०१।।

काव्यका लहर शान्त र स्निग्ध ।
खुल्दछन् कृत कला सुपवित्र ।।
भानुभक्त कविको गर मान ।
लेख छन्द रसको पथ छान ।।०२।।

काव्यको रस भरी दिल फोऊ ।
चेतका असजिला सब धोऊ ।।
खुल्छ सुन्दर सफा अनि विश्व ।
त्याग गर्न नभुलौँ दिल हस्व ।।०३।।

काव्य पान दिलमा रस भर्छ ।
ज्ञानले ढुलमुले कस हर्छ ।।
रामभक्ति रसले मन धुन्छ ।
उच्चता हित चिनी पथ चुन्छ ।।०४।।

काव्य पाठ म गरू कृत छान्न ।
योग्य मानवकला हित जान्न ।।
दुष्टतापन डरी पर भाग्छ।
इष्ट भाव बटुली गुण जाग्छ ।।०५।।

काव्य पान दिलको मल धुन्छ ।
कृत्य कर्म हितको पथ गुन्छ ।।
रामका गुण कला सब पढ्न ।
पस्कियौ मृदु कला गुण जोड्न ।।०६।।

भक्ति मार्ग हित छान्न सिकायौ ।
वाक् कला मृदु उकास्न लगायौ ।।
विश्व वन्धु मन भाव जगायौ ।
लेख्न सक्षम हुने कृति प्यायौ ।।०७।।

छन्द : स्वागता
गण :र न भ गु गु
सङ्केत : SIS   III    SII     S     S

वि.सं.२०८२ असार २१ शनिवार ०८:०९ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...