back

कविता : आदिकवि सम्झना

वि.सं.२०८२ असार २१ शनिवार

1K 

shares
IME Limited
NTC AD

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

भानुभक्त कविका कवितामा ।
रामभक्ति रस भर्छ गलामा ।।
वाक् कला मधुरता लय घोली ।
सारपूर्ण नव बग्दछ खोली ।।०१।।

काव्यका लहर शान्त र स्निग्ध ।
खुल्दछन् कृत कला सुपवित्र ।।
भानुभक्त कविको गर मान ।
लेख छन्द रसको पथ छान ।।०२।।

काव्यको रस भरी दिल फोऊ ।
चेतका असजिला सब धोऊ ।।
खुल्छ सुन्दर सफा अनि विश्व ।
त्याग गर्न नभुलौँ दिल हस्व ।।०३।।

काव्य पान दिलमा रस भर्छ ।
ज्ञानले ढुलमुले कस हर्छ ।।
रामभक्ति रसले मन धुन्छ ।
उच्चता हित चिनी पथ चुन्छ ।।०४।।

काव्य पाठ म गरू कृत छान्न ।
योग्य मानवकला हित जान्न ।।
दुष्टतापन डरी पर भाग्छ।
इष्ट भाव बटुली गुण जाग्छ ।।०५।।

काव्य पान दिलको मल धुन्छ ।
कृत्य कर्म हितको पथ गुन्छ ।।
रामका गुण कला सब पढ्न ।
पस्कियौ मृदु कला गुण जोड्न ।।०६।।

भक्ति मार्ग हित छान्न सिकायौ ।
वाक् कला मृदु उकास्न लगायौ ।।
विश्व वन्धु मन भाव जगायौ ।
लेख्न सक्षम हुने कृति प्यायौ ।।०७।।

छन्द : स्वागता
गण :र न भ गु गु
सङ्केत : SIS   III    SII     S     S

वि.सं.२०८२ असार २१ शनिवार ०८:०९ मा प्रकाशित

कविता : रक्तदान नै प्राणदान

कविता : रक्तदान नै प्राणदान

कविराज घिमिरे,चाँगुनारायण, भक्तपुर रक्तअल्पता मुख्य शत्रु हो दिन्छ दान जो...

सुसेली

सुसेली

द्वारिका कुईँकेल, काठमाडौं १. प्रजातन्त्र रे ! भेष हिटलरको स्वतन्त्र...

गजल

गजल

एकनारायण चापागाईं ,दाङ वचन वाणजस्तो सियो के गरूँ म छ...

गजल

गजल

अरुण खड्का, किर्तिपुर तन मनमा जसले कालो जादु चलायो आँखामा...

गजल

गजल

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके नारीका पीडा दुख सबका घरघरमा छन्...

चारु

चारु

सीता शर्मा पन्थी,वीरगन्ज, मधेश प्रदेश नगरी मेलापात गरिबीमा खान पुगेन...