back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ असार २१ शनिवार

2K 

shares

द्वारिका कुईँकेल, काठमाडौं

१.
प्रजातन्त्र रे !
भेष हिटलरको
स्वतन्त्र छ रे ।

२.
गणतन्त्र रे !
छानी छानी मारिने
बाँच्न हून्न रे ।

३.
वाकतन्त्र रे !
बोले मूख थुनिन्छ
भन्न खोज्या के ?

४.
आयो देशमा !
लोकतन्त्र आयो रे
राणा भेषमा ।

५.
दिक्क लाग्दछ !
आज भन्दा पहिल्यै
ठिक्क लाग्दछ ।

६.
अस्त व्यस्त भो !
यो देशको हालत
लौन कस्तो भो ?

७.
देश रोएको !!
म कसरी हेरूँ यो
रोग छोएको ?

८.
घुन लाग्या छ
देशले सपुतको
गुन माग्या छ ।

९.
उठौ खुरूक्क
देशलाई मिलेर
पारौ जुरुक्क ।

१०.
झिना मसिना !
देशलाई दिनू छ !!
खुन पसिना ।

वि.सं.२०८२ असार २१ शनिवार ०८:०६ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...