back
CTIZAN AD

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

वि.सं.२०८२ असार २३ सोमवार

2.6K 

shares

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समय आयरल्याण्डमा रहेर एनआरएनए लगायतका विभिन्न संघ संस्थामा रहेर नेपाली समुदायको हितमा काम गर्दै आएका अधिकारीले ‘Empowering Students, Uplifting Youth, Uniting Nepal’ भन्ने मूल नारासहित एनआरएनए आयरल्यान्डको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।
विगत १२ वर्षदेखि एनआरएनएको निरन्तर सेवा यात्रामा विभिन्न पदमा रहेर जिम्मेवारी (सदस्य २००९–२०११), सचिव (२०१५–२०१७), महासचिव (२०१९–२०२१), र उपाध्यक्ष (२०२१–२०२३) सम्हाल्दै आएका अधिकारीले सबैको साथ पाएमा अझ बढी काम गर्ने हौसला मिल्ने बताएका छन् ।

‘एनआरएनए कुनै साधारण संस्था होइन, यो प्रवासमा रहेका नेपालीहरूको पहिचान, संस्कृति, र एकताको प्रतिक हो । यहाँको सदस्यता केवल एउटा औपचारिकता नभई, तपाईंको सक्रिय सहभागिता र नेतृत्व चयनमा भूमिका खेल्ने अधिकार हो ।’ उम्मेदवारी घोषणा गर्दै अधिकारीले भनेका छन् ।
उनले थप भनेका छन्, ‘तपाईंहरूको विश्वास, साथ र सहभागिताले पारदर्शी, जवाफदेही र समावेशी एनआरएनए आयरल्यान्ड निर्माणमा मलाई अझ प्रेरणा दिनेछ ।’

वि.सं.२०८२ असार २३ सोमवार १६:२६ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...