प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा नर्बेको राजधानी ओस्लोको ख्बििजबिि ब्चभलब मैदानमा आयोजित एभरेस्ट कप मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२५ भव्य रूपमा सम्पन्न भएको छ ।
जुलाई ६ मा आयोजित उक्त टुर्नामेन्ट, सन् २००८ मा चट्याङ्ग लागेर ज्यान गुमाएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा आयोजना गरिएको थियो भने यो वर्ष १३ औं संस्करणमा प्रवेश गरेको हो ।
एनआरएनए नर्वेले २०१३ देखि निरन्तर आयोजना गर्दै आएको यो प्रतियोगितमा नर्वेमा क्रियाशील विभिन्न क्लब तथा नेपाली संघ–संस्थाका प्रतिनिधित्व रहने गरी जम्मा ८ टिम सहभागी भएका थिए ।
कार्यक्रमको औपचारिक उद्घाटन एनआरएनए नर्वेका अध्यक्ष विष्णु गौतमले बिहान ९ः३० बजे नेपाली राष्ट्रिय धुन बजाउँदै गरेका थिए । प्रतियोगिता सफल बनाउन आयोजकले ठूलो संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।
युवा संयोजक असीम लम्सालले प्रतियोगिताको उद्देश्य नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र सम्बन्धलाई खेलको माध्यमबाट अझ सशक्त बनाउने रहेको जानकारी दिएका थिए ।
फाइनल खेल कडा प्रतिस्पर्धाबीच अन्ततः ओस्लो युनाइटेडले उपाधि जित्दै लगातार दोस्रो पटक एभरेस्ट कपको उपाधि आफ्नो नाममा राख्न सफल भएको छ ।
युनाइटेड ब्रदर्स एफसी उपविजेता बन्न सफल भयो । विजेता टिमले नगदसहित ट्रफी प्राप्त गर्दा उपविजेता टिमले पनि नगद र ट्रफी प्राप्त ग¥यो ।

उत्कृष्ट खेलाडी र पुरस्कारहरू
उत्कृष्ट खेलाडीः एनआरएनए नर्वेका भेषराज सापकोटा, टप स्कोररमा ओस्लो युनाइटेडका मौसाम नेपाल, उत्कृष्ट गोलकिपरमा ओस्लो युनाइटेडका अमृत तामाङ, निष्पक्ष खेल प्रदर्शन टिम टेलेमार्क, उदयीमान खेलाडी एनआरएनए नर्वेका सुसाङ्क पुडासैनी घोषित भएका छन् ।
विजेता भएका खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफी प्रदानको बिशेष कार्यक्रममा विभिन्न संघ–संस्था, पदाधिकारी, संरक्षक, सल्लाहकार, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा बच्चाहरू र ३५+ समूहको खेल यस वर्षको विशेष आकर्षणका रूपमा १३ वर्ष मुनिका ४० जना बालबालिकाबीच छुट्टै फुटबल खेल आयोजना गरिएको थियो । त्यस्तै, ३५ वर्ष माथिका उमेर समूहका ३० जना सहभागीबीच पनि मैत्रीपूर्ण फुटबल खेल समेत सम्पन्न भएको थियो ।

नेपाली स्वाद र संस्कृति
फुटबल प्रतियोगितासँगै नेपाली स्टलहरू पनि राखिएको थियो । स्टलहरूमा नेपाली मोमो, सेल रोटी, चाउचाउ लगायतका परिकार प्रस्तुत गरिएको थियो भने महिलाहरूलाई लक्षित गर्दै पानीपुरी स्टल विशेष आकर्षण बनेको थियो। नेपाली स्वादको मज्जा लिँदै टिमप्रति हौसला प्रकट गर्न ठूलो संख्यामा फुटबल प्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष गौतमले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न सहयोगको अपेक्षा सहित आभार प्रकट गरेका थिए ।
कार्यक्रमको संचालन युवा संयोजक असीम लम्सालले गरेका थिए । संस्थाका महासचिव, ईस्वरी खनाल, उपाध्यक्ष श्याम परियार, कोषाध्यक्ष पशुपति भण्डारी, महिला संयोजक श्रद्वासिंह थापा, सदस्य हरि कृष्ण तिमिलसिना, बाल कृष्ण थापा लगायत कार्यसमितिका पदाधिकारी आ–आफÞनो जिम्मेवारीमा तल्लीन प्रतियोगिता साँझ ६ः३० बजे समापन गरिएको थियो । प्रतियोगितामा करिव ४५० जनाको उपस्थित रहेको थियो ।
वि.सं.२०८२ असार २३ सोमवार १६:४० मा प्रकाशित






























