back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ असार २८ शनिवार

813 

shares

तोयानाथ सुवेदी,कागेश्वरी मनोहरा–९, काठमाडौँ

हुन्छ दोमन
यस्तै कुरा सोचेर
गयो जोवन
(१)

आशा गरिन्छ
लोभी पापी भाँडो खै ?
कैले भरिन्छ
(२)

जति कमायो
नाफा घाटा खोज्दैमा
वृद्ध बनायो
(३)

गर्छाै घमन्ड
घमन्डले मस्तिष्क
तात्छ प्रचण्ड
(४)

रोग लाग्ने छ
देह गल्दै गएर
थला परिन्छ
(५)

वृद्ध बेलामा
ओछ्यानैमा ढलेर
पर्छाै हेलामा
(६)

तीखा वचन
बारम्बार झरेर
दुख्छ यो मन
(७)

हुन्नन् साथमा
कतिबेला कालले
लान्छ घाटमा
(८)

चिता जलाई
मृत देह राख्नेछन्
त्यही सुताई
(९)

आगो बल्दछ
मृत देह खरानी
भई गल्दछ
(१०)

वि.सं.२०८२ असार २८ शनिवार ०८:०१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...