back
CTIZAN AD

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

वि.सं.२०८२ असार २८ शनिवार

849 

shares

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार तीमध्ये धेरैजसो ‘शाहेद’ ड्रोन हुन्, जसको उत्पादन इरानमा भएको हो ।

युक्रेनी वायु सेनाले दिएको जानकारी अनुसार, ३१९ शाहेद ड्रोन र २५ मिसाइललाई निष्क्रिय पारिएको छ । तर एक मिसाइल र करिब २० ड्रोन पाँचवटा स्थानमा खसेको पुष्टि गरिएको छ, यद्यपि ती स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति जेलेंस्कीले अन्तर्राष्ट्रिय समुदायलाई समयमै ठोस कदम चाल्न आग्रह गर्दै भने “रुसी आक्रमणको तीव्रता हेर्दा अब ढिला गर्नु हुँदैन । यो अवस्थालाई रोक्न कडा प्रतिबन्ध आवश्यक छ ।”

उहाँले रुसलाई ड्रोन निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने र तेल निर्यातमार्फत आर्थिक लाभ लिने पक्षहरूलाई पनि उपयुक्त कारबाहीको दायरामा ल्याउन अनुरोध गरेका छन् । हाल कायम रहेका पश्चिमी प्रतिबन्धहरूको बाबजुद पनि तेल निर्यात रूसी अर्थतन्त्रको प्रमुख स्रोत रहँदै आएको छ ।(रासस/एएफपी)

वि.सं.२०८२ असार २८ शनिवार १४:१७ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...