निम्बतरु, अर्घाखाँची
लाखे नाचिरहेछ चोकमा नेता भनाउँदो
हेरिरहेछन् आलस्य मानेर जनताहरू
फूलको मञ्जरी हेरेको भए
केही सिक्थे
मञ्जुल मन फूल झैँ हुन्थ्यो
मच्छेन्द्रनाथको रथ तानिरहेछ जनता
युगौँदेखि
नेतानाथको रथ तानिरहेछ जनता
यस्को सट्टा
हलगोरु तानेको भए खेतबारीमा
हराभरा जमीन
हृष्टपुष्ट देखिन्थ्यो आफू
मञ्जुलता छाउँथ्यो धर्तीमा
मलाई लतारिरहेछ परिवर्तनको टाँगाले
बाह्र हातको टाङ हालेर भाग्दा पनि
अर्को भाषाले
अर्को सँस्कृतिले
अर्को धर्मले
मलाई बाँधेर लतारिरहेछ
बिँड मात्रै थिएँ म
काट्ने अर्कै थियो धारिलो
बाह्रसिँङ भएपनि काण्ड एउटै थियो
जोले जता लतारेपनि लतारिने म
भए के भो नभए के भो
अस्तित्वमा ।
वि.सं.२०८२ साउन ३ शनिवार ०८:४० मा प्रकाशित






























