back
CTIZAN AD

कविता : लाखे

वि.सं.२०८२ साउन ३ शनिवार

1.2K 

shares

निम्बतरु, अर्घाखाँची

लाखे नाचिरहेछ चोकमा नेता भनाउँदो
हेरिरहेछन् आलस्य मानेर जनताहरू
फूलको मञ्जरी हेरेको भए
केही सिक्थे
मञ्जुल मन फूल झैँ हुन्थ्यो

मच्छेन्द्रनाथको रथ तानिरहेछ जनता
युगौँदेखि
नेतानाथको रथ तानिरहेछ जनता
यस्को सट्टा
हलगोरु तानेको भए खेतबारीमा
हराभरा जमीन
हृष्टपुष्ट देखिन्थ्यो आफू
मञ्जुलता छाउँथ्यो धर्तीमा

मलाई लतारिरहेछ परिवर्तनको टाँगाले
बाह्र हातको टाङ हालेर भाग्दा पनि
अर्को भाषाले
अर्को सँस्कृतिले
अर्को धर्मले
मलाई बाँधेर लतारिरहेछ

बिँड मात्रै थिएँ म
काट्ने अर्कै थियो धारिलो
बाह्रसिँङ भएपनि काण्ड एउटै थियो
जोले जता लतारेपनि लतारिने म
भए के भो नभए के भो
अस्तित्वमा ।

वि.सं.२०८२ साउन ३ शनिवार ०८:४० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...