back
CTIZAN AD

कविता : जीवन र मनका कुरा

वि.सं.२०८२ साउन ३ शनिवार

1.7K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौँ

मनमा
कुनै न कुनै पीड़ा नहुने
जीवनमा
कुनै न कुनै अभाव नहुने
को छ र संसारमा

तै पनि
कोही मनका विरह हाँसेरै फुकाउँछन्
र मन हल्का बनाउँछन्
कोही
आफ्नै मुटुमा गाँठो पारेर राख्छन्
र बाँचुन्जेल
आफै, भित्र दुखिरहन्छन्

यसर्थ
राग र अनुरागको समय हो
आफ्नै अनुहार आफैसँग लुकाउन
कहिलेकाहीँ
सामुन्नेको ऐना हटाउनु पर्छ
र आफ्नै अनुहारमा कसैको अनुहार हेर्न
ऐना देखाउनु पर्छ

समय नै हो
एकान्त मात्रै होइन
कहिलेकाहीँ
आफ्नै आँसु आफैसँग लुकाउन
अँध्यारो साथी चाहिन्छ ।।

यार !
खुसीको चर्चा पो दुनियाँमा कम सुनिन्छ
विरहको हल्ला त
निमेश भरमै
आँधीको डँडेलो जसरी फैलिसक्छ ।।

वि.सं.२०८२ साउन ३ शनिवार ०८:५७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...