back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन ३ शनिवार

1.9K 

shares

वासुदेव ठकुरी, नुवाकोट

बिना स्वाद मेरो गयो जिन्दगानी
बनायौ तिमीले पगालेर पानी

कहाँ जान्छु के गर्छु पत्तो हुँदैन
सुने छक्क पछ्र्यौ कि मेरो कहानी

परेली नजोडी बिते रात कैयौँ
छ साक्षी निशामा भिजेको सिरानी

तिमीमाथि मेरो छ ठूलो भरोसा
गरेँ पेट खोली कुरा मित्र ठानी

सबै भाउ खोज्छन् म ठूलो हुँ भन्दै
बनेको छ कोही यहाँ तत्त्वज्ञानी ??

बहर ः मुतकारिब मुसम्मन सालिम
अर्कान ः फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन ः १२२ – १२२ – १२२ – १२२
काफिया ः आनी
रदिफ ः ०

वि.सं.२०८२ साउन ३ शनिवार ०८:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...