back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ साउन ३ शनिवार

1.1K 

shares

बैकुण्ठ अधिकारी, कपन

१.
के के भएछ
कस्तो होला भन्दैमा
बैँस गएछ।

२.
रोक्न सकिन
जिन्दगी त गएछ
पुछ्दै पसिना ।

३.
के भनौ र खै
हाँस्ने खेल्ने बेलानै
आएन छ है ।।

४.
आशा मारिन्न
आफ्नो कर्म गर्नुछ
तेसै छाडिन्न ।

५.
टुपी कसेर
सत्कर्ममा लाग्नुछ
धर्म सम्झेर ।

६.
मनमा गुनौँ
सुधारिने परत्र
कुरा पो सुनौँ ।

७.
यता यस्तै भो
उता पनि बिग्रेला
सोच्ने बेला हो ।

८.
हुन्न भाग्नु है
चाँडै सुत रातमा
शीघ्र जाग्नु है।

९.
हरि भजन
मुक्ति दाता उनै रे
नित्य जपन ।

१०.
हरिहरले
मुक्ति पक्कै मिल्नेछ
प्रभु भरले।

वि.सं.२०८२ साउन ३ शनिवार ०९:०८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...