back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन ३ शनिवार

2.1K 

shares

रामशरण न्यौपाने, भक्तपुर

भयो साउन अहो संसार झन् हरियो
बन्यो धर्ती बडो गुल्जार झन् हरियो

जुटेछन् शम्भु पूजामा महान् नारी
भयो सबको लुगा शृङ्गार झन् हरियो

चरेका छन् उँचो मैदानमा चौरी
छ पाखामा झपक्कै झार झन् हरियो

पलायो झ्याउ नै कैयौँ मझेरीमा
हुँदै छन् बेसीका सङ्घार झन् हरियो

परीको अङ्गमा मेहदी छ झल्केको
सुकोमल बाहु प्यारी पार झन् हरियो

बहर : हजज मुसद्दस सालिम
अर्कान : मुफाइलुन् मुफाइलुन् मुफाइलुन्
वजन : १२२२ – १२२२ – १२२२
काफिया : आर
रदिफ : झन् हरियो

वि.सं.२०८२ साउन ३ शनिवार ०९:११ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...