back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ साउन ३ शनिवार

2.7K 

shares

हिरालाल न्यौपाने
बानपा – ८ कोटमाला, सल्यान

१.
जुधे नजर त्यतैतिर
पिरतीको मुल फुट्यो
टाढिए मनका पिर ।

२.
हिउँको तन्ना फिँजाएर
उत्तरमा हिमाल हाँस्यो
बोलाउँछ पर्यटक रिझाएर ।

३.
सुगन्धित पाए फूल
स्याहारेर जीवनमा तिमीलाई
प्रगतिको फुट्यो मूल ।

४.
नहुँदा आत्मिक चिनाजानी
हेर्दा रहेनछन् कसैले
भयो दुःखद कहानी ।

५.
कसले खोज्छ गुन
जता जाउँ उतै
चल्ने गर्छ भनसुन ।

६.
जसले पनि आफ्नैलाई
प्रचारको खेल खेल्छ
प्यारो आफ्नै भाइ ।

७.
आधारसाधार केही चाहिँदैन
आफ्नो भन्ने नहुँदा
कहिल्यै मेवा पाइँदैन ।

८.
भित्रिए भारतीय कुर्ता
विदेशका नक्कलले खायो
गुन्युचोलीको छैन सुर्ता ।

९.
पहिचान राखौँ हाम्रो
दौरासुरुवाल र टोपी
लगाउँदा नेपाली राम्रो ।

१०.
प्यारो आफ्नै संस्कृति
बढ्दै जाओस् मेलमिलाप
नभित्रिउन् कुनै बेथिति ।

वि.सं.२०८२ साउन ३ शनिवार ०९:१४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...