back
CTIZAN AD

लघुकथाः मूर्ख

वि.सं.२०८२ साउन १० शनिवार

3.3K 

shares

वसन्त अनुभव, वसन्तविहार, घोराही, दाङ

–‘ए मनुवा! पर्ख, पर्ख ।’

आफूलाई काट्नै आँटेको मान्छेलाई रोक्दै बुढो रुख बोल्यो ।

–‘अरे, बोल्ने रुख? कस्तो अचम्म ! लु लु भन् जे भन्नु छ, के कुरा हो छिटो भनिहाल् !’

रुखो स्वरमा मान्छे बोल्यो ।

–‘मनुवा ! मलाई किन काट्दैछौ? मैले तिम्रो के बिगारेँ? यदि मलाई काट्यौ भने तिमी पनि बाँकी रहदैनौ। त्यसैले …’

रुखले चेतावनी दिँदै भन्यो ।

–‘हा हा हा, अझ धम्की ! जाबो रुख भएर मसँग यत्रो फुर्ति ? के नाप्छ्स् नाप, मलाई तेरो बकबास सुन्ने फुर्सद छैन; टन्न गाँठ कमाउनु छ ।’
मान्छेले बन्चरो लिई पुनः रुख काट्न थाल्यो । निराश हुँदै रुखले आफ्नो ज्यान समर्पित ग¥यो ।

–‘म यमलोकमा ? म यहाँ कसरी ? खोइ मेरो परिवार ?’

होशमा आएसँगै अत्तालिँदै मान्छेले भन्यो ।

–‘रिल्याक्स मनुवा रिल्याक्स ! तिम्रा परिवार पनि यतै छन्, आत्तिनु पर्दैन ।’

बूढो रुखले सान्त्वना दिँदै भन्यो ।

–‘अरे रुख, तिमी पनि ?’

रुखको आवाजले मान्छे आश्चर्यचकित भयो ।

–‘हो, म पनि । तर नर्कमा होइन, स्वर्गमा । मलाई पठाउने त तिमी नै हौ, बिर्सियौ ?’
रुखले सत्य ओकल्यो ।

–‘अनि म कसरी यहाँ ? मलाई कसले पठायो ?’

अतालिँदै मान्छेले सोध्यो ।

–‘कसले भनौँ, तिम्रो कर्मले । ’म नरहे, तिमी पनि रहँदैनौ, नकाट’ भनेको होइन, सुनेनौ । वायु प्रदूषणले तिम्रो ज्यान लियो, बाढीपहिरोले परिवारको । अब भन तिमी मूर्ख कि म ?’

जिज्ञासा मेटिदिँदै बुढो रुखले भन्यो ।

 

वि.सं.२०८२ साउन १० शनिवार ०८:३३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...