back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ साउन १० शनिवार

2.3K 

shares

प्रेम थापा “मन“, बागलुङ

१)
रहनु सकारात्मक सम्झेर
जीवनकाल बहुमुल्य हो
नबस्नू कहिल्यै गम्केर क्स।

२)
माया खास हुन्छ
आमाकै आँचलमा हुर्किँदा
स्वर्गको आभास हुन्छ ।

३)
गाउँबेसी धाउँदैन नरोए
बेथितिले प्राण गयो
छोरो आउँदैन नरोए ।

४)
जोखेर मनको भारी
तौलन्छौ खै केले
तिमी होऊ औतारी ।

५)
जोडेको मन भाँचियो
तिमी टाढा भएपछि
कर्मैमा आफैँ गाँसियो ।

६)
घाँटीले हाड निल्दैन
विचार पु¥याऊ साथी
जिन्दगी त्यसै मिल्दैन ।

७)
नसोच साथी कर
सहज बनाउन सधैँ
जिन्दगीमा चाहिन्छ भर ।

८)
किताबको जस्तो गाता
एकार्काको बलियो सम्बन्ध
तोड्न हुन्न नाता ।
९)
सौम्य भावको चाहना
हाम्रो राष्ट्रिय पोशाक
टोपी दिवसको शुभकामना ।

१०)
पोशाक सम्बन्धी पढाऔँ
स्वाभिमान राख्न सदैव
हौसला हामी बढाऔँ ।

वि.सं.२०८२ साउन १० शनिवार ०८:२७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...