back
CTIZAN AD

सुसेलीहरु

वि.सं.२०८२ साउन १० शनिवार

2.6K 

shares

विमल अर्याल, जोरपाटी

१ .
बुद्ध वाणीमा
छैन कतै विभेद
कुनै प्राणीमा

२.
असल कर्म
हुदैन असफल
बुद्धको मर्म

३.
टाढा नसोच
आफैमा छ प्रकाश
ध्यानले खोज

४.
हुदैन जात
विश्वका सबैसित
भातृत्व बाड
५.
हिंसा नगर
कसैको सम्मानमा
पछि नपर

६.
असल भाव
व्यभिचार समाप्त
भाग्छ दानव

७.
सुख सयल
जगतको कल्याण
मोहको त्याग

८.
रिस पालेर
सकेसम्म नबस्नु
राँको बालेर ।

९.
बाटो छोडेर
चाढै कहीँ पुगिन्न
झुठो बोलेर ।

१०.
शुद्ध बचन
सधैभरि रक्षण
सत्य कथन


वि.सं.२०८२ साउन १० शनिवार ०८:२५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...