back
CTIZAN AD

‎कविता : अमूर्त उत्खनन

वि.सं.२०८२ साउन १० शनिवार

2.3K 

shares

‎बाबुराम न्यौपाने “उत्स“, दमक, झापा

‎पुनर्जन्मको गोल चक्कर
‎मेरो अस्तित्वको
‎अमूर्त उत्खननमा
‎सृष्टिको पहिलो र अन्तिम
‎मान्छेसँग
‎हातेमालो गर्न लालायित छ।

‎मुक्तिका व्यग्र चित्कारहरु
‎जन्म र मृत्युको
‎साँघुरो मितेरी साँघुमा
‎भ्रमित ज्ञानको कुहीरो भित्र
‎टुक्राटुक्रा भएर
‎सर्लक्क विसर्जन हुन्छन्
‎तर
‎जीवनको खुश्बु
‎चिहानको माटोमा पनि मगमगाउछ।

‎जीवन रहस्यको
‎अन्तिम परिभाषा टटोल्न
‎चिताबाट उठेको धुवाँ
‎र
‎चिताका खरानीका कणहरु
‎उल्टै मेरो चेतनासँग
‎व्यङ्ग्यात्मक प्रश्न गर्छन्।

वि.सं.२०८२ साउन १० शनिवार ०८:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...