back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन २४ शनिवार

3.1K 

shares

कपिल किशोर घिमिरे,दाङ

बस्छ हररात त्रासमा कोही
रम्दछन् किन्तु तासमा कोही

गर्छ कोही यहाँ निकै मस्ती
रुन्छ एक्लै प्रवासमा कोही

सुक्खमा मात्र साथ हुन्छन् सब
दुःखमा हुन्न पासमा कोही

छन् निकै दुष्ट देशका दुश्मन
जाकिनै पर्छ भासमा कोही

मर्दछन् धनबिना कुनै मान्छे
छन् यहाँ धनको रासमा कोही।

बहर ः असम मकबुज अबतर
अर्कान ः फाइलुन् फाइलुन् मुफाईलुन्
वजन ः २१२ – २१२ – १२२२

वि.सं.२०८२ साउन २४ शनिवार ०८:४२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...