back
CTIZAN AD

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ साउन २८ बुधवार

603 

shares

काठमाडौँ । सांसदहरुले सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकको मस्यौदा संविधानको मर्म र भावनाविपरीत बनाउन नहुने भन्दै सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद देवेन्द्र पौडेल र नारायणप्रकाश साउदले सरकारले तयार गरेको उक्त मस्यौदाले व्यक्तिको गोपनीयतासम्बन्धी हक खण्डित हुने धारणा व्यक्त गरे।

उनीहरूले गुप्तचार विभागमा व्यक्तिको स्वतन्त्रतामा खलल पुग्नेगरी निजी जीवनसँग सम्बन्धित पक्षहरू ‘रेकर्ड’ तथा अभिलेखीकरण गर्नु संविधान विपरीत हुने भएका संविधानसम्मन विधेयक ल्याउन सरकारसँग अनुरोध गरे ।

नागरिकको गोपनीयतामाथि गम्भीर आघात पुग्ने गरी फोन कल, म्यासेज, सहज कुराकानी, संवाद, भिडियो आदिलाई रेकर्ड गर्नेगरी संविधानप्रदत्त नागरिकको हकविपरीत विधेयक ल्याउन नहुने धारणा उनीहरूले व्यक्त गरे ।

यसैगरी सांसद दिलेन्द्रप्रसाद बडूले कैलालीको धनगढीस्थित कारागारमा दुई पक्षका कैदीबीच भएको हिंसात्मक झडपको घटना अन्य कारागारमा दोहोरिन नदिन सरकारको ध्यानार्कषण गराए ।

“जम्मा १५० जना क्षमताको कैलाली कारागारमा ७०० जना किन र कसरी थुप्रिन पुगे ? यस अवस्थामा सुधारका लागि सरकारको के तयारी छ, संसद्लाई जानकारी चाहिन्छ”, उनले भने ।

सांसद पुष्पबहादुर शाहले कैलाली कारागारमा भएको जस्तै हिंसात्मक घटना दोहोरिन नदिन आग्रह गर्दै भारतको उत्तराखण्ड राज्यअन्र्तगत उत्तरकाशीको बाढीपहिरामा परी ज्यान गुमाउने नेपालीका परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।

यसैगरी सांसद ठाकुरप्रसाद गैरेले ‘हमास’द्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको उद्धारका पक्षमा भइरहेको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउन अनुरोध गरे ।

सांसद देवप्रसाद तिमलसेनाले किसानलाई मलखादको व्यवस्था, सुक्खा क्षेत्र घोषणा गरिएका क्षेत्रहरुमा राहतको प्रबन्ध र खानेपानीका लागि बजेटको व्यवस्था गर्न माग गरे ।

सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा आधुनिक सहर बनाउने गुरुयोजनाको कामले गति लिन नसकेको भन्दै आवश्यक समन्वयसहित सहजीकरणका लागि सङ्घीय सरकारको ध्यानार्कषण गराइन् ।

सांसद प्रकाश ज्वालाले बँदेल र बाँदरका कारण किसान प्रताडित भएको उल्लेख गर्दै किसानको मनोवल बढाउनेगरी राहत सुविधाको व्यवस्था होस् भने ।

सांसद प्रभु हजाराले पर्सा जिल्लाको गण्डक नहरस्थित पुल भाँचिएपछि स्थानीय जनता मर्कामा परेको उल्लेख गर्दै सो स्थानमा यथासीघ्र यथासीघ्र ‘बेलिब्रिज’ निर्माणका लागि सरकारको ध्यानाकर्षढा गरे ।

सांसद दुर्गा राईले सरकारले विचौलियाको स्वार्थअनुकूल नीतिगत निर्णय गर्न र ऐनहरु बनाउन खोजेको आरोप लगाए ।

सांसद निर्मला कोइरालाले अनावश्यक वादविवादमा नगरी हातोमालो गरेर देश र जनताका पक्षमा काम गर्न पार्टी नेताहरूसँग आग्रह गरिन् ।

शून्य समयमा भाग लिने सांसदहरू पूर्णबहादुर घर्ती मगर, प्रेम सुवाल, दीपा शर्मा र धनबहादुर बुढाले आआफना निर्वाचन क्षेत्रका मागसहित समसामयिक विषयमा सरकारको ध्यानार्कषण गराएका थिए । रासस

वि.सं.२०८२ साउन २८ बुधवार १७:१२ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...