back
CTIZAN AD

सेयर बजारमा सामान्य सुधार, करोबार रकम पनि बढ्यो

वि.सं.२०८२ साउन २९ बिहीवार

1.5K 

shares

काठमाडौं । साताको अन्तिम दिन बिहीवार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बिहिबार परिसूचक २.६२ अंकले बढेर २७.३६ बिन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै कारोबार रकममा पनि केहि सुधार देखिएको छ । बिहीवार बजार बन्द हुँदा कूल सूचिकृत कम्पनीमध्ये २४९ कम्पनीको ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको एक करोड ९३ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्ला दुई दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो ।

आजको बजारमा नेपाल रिपब्लिक मिडियाका लागनीकर्ताहरु सर्बाधिक ९.९ प्रतिशतले कमउनेमा परेका छन् । त्यस्तै एनआइसि एसिया फ्लेक्सि क्याप फण्डका लगानीकर्ताहरु सबैभन्दा धेरै ८.३१ प्रतिशतले गुमाउनेमा परेका छन् ।

नेपाल पूनर्बीमा कम्पनीले सबैभन्दाबढी ४७ करोड रुपैंयाँ बराबरको करोबार गर्दा बलेफी हाइड्रो पावर कम्पनीले सबैभन्दा बढी १८ लाख ५४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

चालु आर्थिक वर्षको् सुरुवातमा बजार बन्द हुँदा तीन हजारको बिन्दु पार गरेको परिसूचक एक महिना नपुग्दै २८ सयबाट पनि ओरालो लागेको छ । यसले महंगो मूल्यमा सेयर खरिद गरेका लगानीकर्ताहरुलाई निरास बनाएको कतिपय विश्लेषकहरुको भनाइ छ ।

वि.सं.२०८२ साउन २९ बिहीवार १६:०६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...