back
CTIZAN AD

कविता: भ्यूटावर

वि.सं.२०८२ साउन ३१ शनिवार

2.1K 

shares

छविलाल कोपिला, दाङ

सरकार !
तिम्रो त्यो भ्यूटावरबाट
गरिबका झुपडीहरू देखिँदैन

गरिबहरू पनि देखिँदैनन्
बरु, देखिन्छन् हुलका हुल स्यालहरू ।

मान्छे हेर्न त चन्द्रमा चढ्नुपर्छ
र, देखिन्छन् त्यहाँबाट
गरिबहरूका कमिलाजस्तै ताँतीहरू
अनि देखिन्छन्
रेलका डिब्बाजस्तै गरिबका झुपडीहरू
तर गरिबहरू कहिले चन्द्रमामा पुग्नु
र देख्नु ?
कमिलाका ताँतीजस्तै गरिबहरू हिँडिरहेको
अनि रेलका डिब्बाजस्तै झुपडीहरू ।

जब चन्द्रमा अस्ताउँछ
जूनको प्रकाशपुञ्जसँगै
क्रमशः – क्रमशः अस्ताउँछन्
झुपडीभित्रका दीपहरू पनि
र अँध्याराहरूले साम्राज्य जमाउँछन्
यता स्यालहरूका जुलुस निस्किन्छन्
सभा हुन्छन्, सम्मेलन हुन्छन्
र अहोरात्र चलिरहन्छ भोज – समारोहहरू
यता तिम्रो भ्यूटावरले
एकहोरो ताली पिटिरहन्छ ।

अचेल तिम्रो भ्यूटावरमा बसेर
हिंस्रक चील र बाजहरू
हरेक बिहान नियाल्छन् झुपडीतिर
र बारबार झम्टिन्छन् समृद्धिका मुनाहरू ।

तिम्रो भ्यूटावरको साम्राज्यले
अचेल फूलबारीमा मखमली फुल्न छाडेका छन्
सयपत्री फुल्न छाडेका छन्
र फुल्न छाडेका छन् बेली–चमेली र बेगमबेलीहरू
यसकारण,
हावामा सुगन्धहरू बहन छाडेका छन्
बरु बहन्छन् मन्द पवनसँगै
स्यालहरूले ल्याएका सिनोहरूको दुर्गन्धहरू
कुहिएका जिउँदो – मानव लासहरूका गन्धहरू ।

एक टुक्रा कागजमा अटाएको
तिम्रो भ्यूटावरको नक्साले
विगहौँ जमिनमाथि आफ्नो कालो पाउ टेकेर
र आकाश कब्जा गरेर
फहराइरहेछ देश चाट्ने दलका झण्डाहरू ।

तिम्रो भ्यूटावर !
प्रकृतिको अनुपम लुटेर
गरिरहेछ बञ्जर भूमिमा रूपान्तरण
कृत्रिम स्वास फेरेर
आफूलाई बनाइरहेछ विश्वकै सभ्य वस्तु
किन कि
तिम्रो भ्यूटावरलाई
राताम्मे फुलेको फूल मन पर्दैन
नवपालुवा बोकेर आएको वसन्त मन पर्दैन ।

 

वि.सं.२०८२ साउन ३१ शनिवार ०९:३० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...