back
CTIZAN AD

कविता : परदेश

वि.सं.२०८२ साउन ३१ शनिवार

2.8K 

shares

अलख निरन्जन लोहार
टीकापुर कैलाली हाल -भारत

पढ्दैछन् कति देशमा मन गरी नेपाल बस्ने गरी
मेरो देश विकासको पथ लिई भन्ने मनैको परी
साच्चै काम सकिन्छ गर्न भन के शिक्षा पढी देशको
मात्रै लागत लाखलाख भरको बेकामको रेस हो ।१।

मात्रै ग्रेड ठुलो छ काम झुरका कामै नलाग्ने पढी
लाग्छन् देश विदेशमा जनहरू भाषा परीक्षा लडि
सानैमा अब सिक्नुपर्छ सबले भाषा अरू देशको
लाखौ लाख छ खर्च पढ्न जनको बाँच्नेछ क्यै शेषको ।२।

पालो पर्छ सकाउन अब यहाँ जानेहरूको पनि
बिर्थामा किन बस्नु काम नगरी नेताहरू छन् अनि
अर्काको घर देश दुख सहदैँ काट्छन् ति रातोदिन
बस्छन् मस्त दलाल चुस्छ पसिना नेपालमै दिन्दिन ।३।

पढ्दा खर्च ग¥यो न काम जसको जाने विदेशै तिर
सारा काम विदेशमा छ गरिने के काम डिग्री हेर
छन् माला शिर ढाक्छ टम्म भरिको जाँदा विदेशी धरा
फर्किन्छन् घर लासमा सजिएको रातो छ बक्सा बरा ।४।

यस्तै छन् नियती यहाँ रहरका छन् पेटका जागिर
मेरो देश म सम्म साथ रहला होला कहाँ आखिर
रून्छन् देश विदेशका सहरमा रून्छन् धराका भर
हे आमा अब बाँच्न बस्न सकिने हुन्थ्यो कि हाम्रो घर ।५।

छन्द : शार्दूलविक्रीडित
गण :स – म – स – ज – स – त – त – गु
गण सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ साउन ३१ शनिवार ०९:३४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...