back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ साउन ३१ शनिवार

3.8K 

shares

ज्योतिका क्षेत्री,सुकुना, सिलगढी

१.
परिस्थितिको प्रखर घाम
कलम बन्छ चन्द्रमा
नपाउँदा मनासिब दाम ।

२.
भावनाहरू अक्षरमा झर्दैछ
बनाउनलाई काव्य सरिता
परिस्थितिले आँखा तर्दैछ ।

३.
चुनौतीले बिगुल बजाइरहन्छ
थुप्रिएर एकपछि अर्को
ठेलमठेल लाम लागिरहन्छ ।

४.
बल्लतल्ल एउटा फर्किन्छ
ढुक्कसँगले बस्न नपाई
अर्को फेरि तर्किन्छ ।

५.
सांसारिक नियम कस्तो
आफ्नो नियन्त्रणदेखि बाहिर
कताकता के नमिलेजस्तो ।

६.
.मामालाई पु¥याएर जेल
मरुन्जेल हाँस्छ भान्जा
नबुझेर प्रपञ्चको खेल ।

७.
षड्यन्त्र सजिन्छ झलमल्ल
आकर्षक पासो शिकारीको
शिकार झुक्किएर अलमल्ल ।

८.
कठै कठपुतलीको जुनी
अर्काको इसारामा नाँच्छ
सधैँ पैतालाको मुनि ।

९.
प्रकृतिसँग सिकौँ समानता
मानवता जोगाई राख्न
उम्रन नदिउँ दानवता ।

१०.
बस्छौँ पृथ्वीको काखमा
साझा संसार सबैको
अन्तमा मिल्छौँ खाकमा ।

वि.सं.२०८२ साउन ३१ शनिवार ०९:३६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...