back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन ३१ शनिवार

3.3K 

shares

डा. घनश्याम परिश्रमी, बर्दघाट, बसुप

पढ्दै छु जे अखबारका कुरा हुन्
खै, के भनूँ, सरकारका कुरा हुन्

तिम्रा सबै व्यापारका कुरा हुन्
मेरा भने उपचारका कुरा हुन्

लोभ्याउने हरदम मलाई प्यारी,
तिम्रै मधुर शृङ्गारका कुरा हुन्

भौतिक कुरा नै लोकले हो चिन्ने
जे छन् सबै संसारका कुरा हुन्

बोलीवचन होस् भावनासहितको
मन जित्ने चिज व्यवहारका कुरा हुन्

बहर– सरीअ मुसद्दस मक्सूफ
अर्कान– मुस्तफ्इलुन्, मुस्तफ्इलुन् फऊलुन्
वजन– २२१२ – २२१२ – १२२
काफिया – आर
तहलिली रदिफ– का
रदिफ – कुरा हुन्

डा. परिश्रमी बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति हुनुहुन्छ ।

वि.सं.२०८२ साउन ३१ शनिवार ०९:३९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...