back

ओएनएफ स्पेनमा शेर्पा निर्विरोध

वि.सं.२०७४ जेठ २५ बिहीवार

480 

shares
IME Limited
NTC AD

pravasi-nepali-manch-spain

२८ मे मा  बार्सिलोनामा सम्पन्न प्रवासी नेपाली मंच (ओएनएफ) स्पेनको चौथो अधिबेशनले २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ। मञ्चको चौथौ अधिबेशनबाट बर्तमान उपाध्यक्ष समेत रहेका हेम शेर्पालाई अध्यक्ष पदमा निर्बिरोध निर्बाचित गरेको हो। अधिबेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमाले प्रबास समन्वय ईन्चार्ज बिन्दा पाण्डेले उद्घघाटन गरेकी थिईन्। सहमतिको आधारमा हेम शेर्पालाई अध्यक्ष पदमा निर्बाचित गरिएका हुन् । मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा सँस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेल, र प्रबासी नेपाली मंच पोर्तुगलका उपाध्यक्ष रोबट लिम्बु लगायत स्पेन स्थित बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यसमितीको उपाध्यक्षहरुमा हेमन्त रानाभाट र बल बहादुर कार्की,महासचिव दिनेशराज रेग्मी,उप महासचिवमा हेमप्रसाद पाण्डे निर्बाचित भएका छन् । यस्तै सचिवमा ऋतु ढुंगाना, दीपक भट्टराई, भुपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कृष्णराम रानाभाट चयन भएका छन् । हरी बिक, राजेन्द्र तिमील्सिना, ध्रुब भट्ट, तारा अधिकारी, दीपेन्द्र बाबु गजुरेल, गोबिन्द्र तिमील्सिना, नारायण पौडेल, अनन्त लामिछाने, प्रसाद गरभुजा, गोपाल प्रसाद भट्रराई, निर्मला तिवारी र सुन्दर रानाभाट सदस्यमा चयन गरिएका छन् । मञ्चले केदारनाथ ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ ।

वि.सं.२०७४ जेठ २५ बिहीवार ०५:१२ मा प्रकाशित

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...