back
CTIZAN AD

ओएनएफ स्पेनमा शेर्पा निर्विरोध

वि.सं.२०७४ जेठ २५ बिहीवार

738 

shares

pravasi-nepali-manch-spain

२८ मे मा  बार्सिलोनामा सम्पन्न प्रवासी नेपाली मंच (ओएनएफ) स्पेनको चौथो अधिबेशनले २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ। मञ्चको चौथौ अधिबेशनबाट बर्तमान उपाध्यक्ष समेत रहेका हेम शेर्पालाई अध्यक्ष पदमा निर्बिरोध निर्बाचित गरेको हो। अधिबेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमाले प्रबास समन्वय ईन्चार्ज बिन्दा पाण्डेले उद्घघाटन गरेकी थिईन्। सहमतिको आधारमा हेम शेर्पालाई अध्यक्ष पदमा निर्बाचित गरिएका हुन् । मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा सँस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेल, र प्रबासी नेपाली मंच पोर्तुगलका उपाध्यक्ष रोबट लिम्बु लगायत स्पेन स्थित बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यसमितीको उपाध्यक्षहरुमा हेमन्त रानाभाट र बल बहादुर कार्की,महासचिव दिनेशराज रेग्मी,उप महासचिवमा हेमप्रसाद पाण्डे निर्बाचित भएका छन् । यस्तै सचिवमा ऋतु ढुंगाना, दीपक भट्टराई, भुपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कृष्णराम रानाभाट चयन भएका छन् । हरी बिक, राजेन्द्र तिमील्सिना, ध्रुब भट्ट, तारा अधिकारी, दीपेन्द्र बाबु गजुरेल, गोबिन्द्र तिमील्सिना, नारायण पौडेल, अनन्त लामिछाने, प्रसाद गरभुजा, गोपाल प्रसाद भट्रराई, निर्मला तिवारी र सुन्दर रानाभाट सदस्यमा चयन गरिएका छन् । मञ्चले केदारनाथ ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ ।

वि.सं.२०७४ जेठ २५ बिहीवार ०५:१२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...