back
CTIZAN AD

गजल

वि.सं.२०८२ भदौ ७ शनिवार

3.6K 

shares

राजेन्द्रकुमार बज्राचार्य,काठमाडौं

पूर्वमा लाली उदायो अचानक रातमा
चाँदको घेरा जलायो अचानक रातमा

प्रेमको बन्धन उघार्दै दियो है साथ जो
प्रीतको गाँठो फुकायो अचानक रातमा

स्वप्नमा हाँसो यहाँ खै छुटेछन् बेसरी
भावना राम्रो जगायो अचानक रातमा

हेर्छु नभ मण्डल उठाएर शिर ठाडो गरी
स्वादु रस उनले उघायो अचानक रातमा

देखियो है पूर्णतः खास मान्छेको यहाँ
नेत्र खुल्दा सब हरायो अचानक रातमा

बहर – मदीद मुसम्मन सालिम
अर्कान – फाइलातुन् फाइलुन् फाइलातुन् फाइलुन्
वजन – २१२२ – २१२ – २१२२ – २१२
काफिया – आयो
रदीफ – अचानक रातमा
अभ्यास – उज्यालो पाठशाला

उज्यालो पाठशाला
२०८२/०४/३०

वि.सं.२०८२ भदौ ७ शनिवार ०९:५१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...